गुणस्तरीय पर्यटनका अभियन्ता मिश्रको निधनले पर्यटन क्षेत्रले हस्ती गुमायो



नेपालकाे पर्यटनमा ५५ वर्षदेखि सक्रिय, अन्तर्राष्ट्रय क्षेत्रमा प्रवर्द्धन गर्न क्रियाशील व्यक्ति तथा जंगल सफारीसहितको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका व्यवसायी वसन्तराज मिश्रको निधनसँगै गुणस्तरीय पर्यटनका एक अभियन्ता अस्ताएका छन् ।

काठमाडौं । पर्यटन व्यवसायी पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान डेंगु संक्रमणसँगै ब्रेन ह्यामरेजका कारण निधन भएको छ ।

मिश्रको निधनसँगै नेपालको पर्यटन क्षेत्रमा चल्तिका पर्यटन व्यवसायी अस्ताउनुले यस क्षेत्रकै हस्ति गुमाएको छ । गुणस्तरीय पर्यटनका अभियन्त मिश्रको ७१ वर्षको उमेरमा निधन भएको छ ।

नेपालको पर्यटनमा साढे पाँच दशकदेखि सक्रिय मिश्रले होटलसँगै जंगल सफारीसहतिको पर्यटन प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गरेका छन् । मिश्रको निधनले नेपालमा गुणस्तरीय पर्यटन प्रवद्र्धन गर्ने अर्थात विदेशी खर्चालु पर्यटक आकर्षित गर्न लागिपरेका व्यक्ति नै गुमेको पर्यटन व्यवसायीको भनाइ छ । नेपालमा हाइ इन्ड पर्यटनको अभियन्तालाई गुमाउनुपर्दा पर्यटन क्षेत्रले पनि ठूलो क्षति व्याहोरेको छ ।

चितवनमा विदेशी पर्यटक ल्याउन निकै महत्वपूर्ण भूमिका खेलेका मिश्र पर्यटनमै केन्द्रित व्वयवसायी हुन् । मिश्रसँगै साझेदारीमा काम गरेका गुणस्तरीय पर्यटनका अभियन्ता तथा सहकर्मी भरत बस्नेतका अनुसार टाइगर टप्ससँगै एडभेञ्चर ट्राभलमा १० वर्ष काम गरेपछि उनले आफैैं टेम्पल टाइगर खोल्नुभएको हो ।’

बस्तेन भन्छन्, ‘मिश्रको निधनले नेपालको पर्यटन उद्योगले ठूलो उद्योगी हस्ति पुमाउनुपर्यो भने ५० औं वर्षदेखि पर्यटन क्षेत्रमा मात्रै केन्द्रित भएर बसेका व्यवसायी हुन् ।’ पर्यटन क्षेत्र अन्तर्गत होटल, ट्राभल कम्पनी, ट्रेकिङ, जंगल सफारिसहितका कोर पर्यटन क्षेत्रमै रमाएका व्यवसायीलाई गुमाउनुपरको सुन्दा नै निकै दुःख लागेको छ ।’

पर्यटनमा जति मिश्रको योगदान छ त्यो योगदानका हिसावले अल्पायुगमै विदाई गर्नुपर्दा पर्यटन क्षेत्रको एक अभिभावक नै गुमाएको बुझाई पनि बस्नेतको छ ।

मिश्रको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् । भेन्चर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष मिश्रको शव आइतबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने र आइतबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

मिश्र चिलिका अवैतनिक महावाणिज्य दूत पनि हुन । सन् १९७० को दशकदेखि पर्यटन व्यवसायमा आवद्व टेम्पल टाइगर ग्रुपका कार्यकारी अध्यक्ष व्यवसायी मिश्र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलका पूर्वसचिव तथा कोषाध्यक्षसमेत थिए। उनी पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष तथा एशोसिएसन अफ टुर अपरेटर्सका पूर्वअध्यक्षसमेत हुन । मिश्र प्यासिफिक एसिया ट्राभल एसोसिसन (पाटा नेपाल)का आजीवन सदस्य हुन । पाटाका पूर्व अध्यक्ष मिश्रलाई पाटाले लाइफमेम्बर बनाएको थियो ।

अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली व्यवसायीको प्रतिनिधित्वसमेत गर्दै आएका मिश्र नेपालमा खर्चालु तथा गुणस्तरीय पर्यटक भित्र्याने कम व्यवसायीमध्ये एकमा पर्ने नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताएका छन् ।

उनले भने ‘मिश्रले कल्याणकारी संस्था बनाएर सामाजिक सेवाका विभिन्न क्षेत्रमा पनि काम गर्दै आएको, मिश्रलाई नेपालमा दिगो पर्यटनको पक्षपाति मानिने र उनले पर्यावरण संरक्षण तथा स्थानीय समुदायको उत्थानमा जोड दिने प्रकारको पर्यटनलाई प्राथमिकता दिएका व्यक्ति हुन ।’ उनले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका मिश्रलाई पर्यटन क्षेत्रले विदाइ गर्नुपरेको पनि बताए ।

मिश्रलाई पर्यटन बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न धेरैले सुझाएका भएपनि आफूलाई पर्यटनकै रस पसेकोले पर्यटन क्षेत्रबाट बाहिर निस्कन नसकेको मिश्रले केही महिना अगाडि एक सार्वजनिक कार्यक्रममा बताएका थिए । उनलाई पनि कहिलेकाँही पर्यटन क्षेत्र भन्दा बाहिर काम गरौं कि भन्ने लाग्यो भने पर्यटनमा गरेको योगदान र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न अझै नपुगेको भन्दै यसमैमा केन्द्रित भइहाल्ने बताएका थिए ।


क्लिकमान्डु