रवि पक्राउको विरोधमा आँखामा कालोपट्टी बाँधेर पोखरामा रास्वपाको प्रदर्शन (तस्बिरहरु)



पोखरा । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकले प्रदर्शन गरेका छन् ।

पोखराको सहिद चोकमा रास्वपाका नेता कार्यकर्ताले आँखामा कालोपट्टी बाँधेर बिरोध प्रदर्शन गरेका हुन् ।

राजनीतिक प्रतिशोध साँधेर पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको रास्वपा नेता कार्यकर्ताको आरोप छ । बिरोध प्रदर्शनमा पूर्वशिक्षा मन्त्रीसमेत रहेकी रास्वपा नेता सुमना श्रेष्ठ लगायत सहभागी छन् ।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की ल्याइएको हो । कास्की प्रहरीमा सूर्यदर्शन सहकारी ठगीको आरोपमा लामिछानेविरुद्ध पुरक जाहेरी परेको छ ।

जसका कारण काठमाडौंमा पक्राउ परेका उनलाई पोखरा लगिएको हो । प्रहरीले लामिछानेलाई आज अदालतमा म्याद थपका लागि पेस गर्दै छ ।

तस्बिर : युवराज भट्टराई


युवराज भट्टराई