सेयर बजारमा सामान्य सुुधार, ७ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य सुुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक २.४७ अंकले बढेर परिसूचक २७४५.३६ बिन्दु कायम भएको छ । यो दिन कारोबार रकममा केही सुधार देखिएको छ । ३१६ कम्पनीको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ, वित्त, उत्पादन तथा प्रशोधन, निर्जीबन बिमा समूहको उपसूचक बढेको छ । कारोबारमा ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको घटेको छ ।

कारोबारमा गुडविल फाइनान्स, समाज लघुवित्त, रावा इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् भने अप्पर साङ्गे हाईड्रोपावर, मिड सोलु हाईड्रोपावर, सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु