गुण एयरलाइन्सको इजाजतपत्र नवीकरण, कहिलेदेखि गर्ला उडान ?



काठमाडौं । गुण एयरलाइन्सको इजाजतपत्र नवीकरण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको इजाजतपत्र नवीकरण गरेको हो ।

मन्त्रालयबाट इजाजतपत्र नवीकरण भएसँगै अब नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमतिपत्र (एओसी) सक्रिय बनाएपछि यसले पुनः उडान सुरु गर्ने छ ।

गुणले नियमति उडान नगर्दा हाल यसको एओसी निस्क्रिय छ । यो वायुसेवासँग आन्तरिक उडाका ७ वटा जहाज छन् । यीमध्ये ५ वटा जेटस्ट्रीम र २ वटा डोर्नियर जहाज छन् ।

आन्तरिक उडानको यो वायुसेवा कम्पनीले उडान अनुमति नवीकरण गरेर पुनः उडान गर्ने तयारी गरेको हो । यो वायुसेवाले छिट्टै आन्तरिक उडानका विभिन्न गन्तव्यमा सेवा दिने तयारी गरिरहेको छ।


क्लिकमान्डु