सेयर सूचकले पार गर्यो सेन्चुरी, कारोबार रकम बढ्यो



काठमाडौं । सेयर बजार मापन गर्ने सूचकले सेन्चुरी पार गरेको छ । कारोबारको सुरुदेखि बढेको बजार अन्तिम समयसम्म कायमै रह्यो । बजार मापन गर्ने सूचक ११४.७० अंकले बढेर परिसूचक २६२३.५६ बिन्दु कायम भएको छ ।

३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ रुपैयाँको कारोबार भएको छ । सूचकले सेन्चुरी पार गर्दा कारोबार रकममा समेत सुधार आएको छ ।

कारोबारमा २४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । कारोबारमा यूनिलिभर नेपालको सेयर मूल्य घटेको छ । कारोबारमा १८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै करिब १० वटा कम्पनीको सेयर मूल्य सर्किट तहमा मूल्य बढेको छ । यो दिन सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।


क्लिकमान्डु