हाथवे इन्भेष्टमेन्टको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले कात्तिक ७ गते बुक क्लोज गर्ने भएको छ ।

असोज १४ गते बसेको बैंक सञ्चाल समितिको बैठकले ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कात्तिक ६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् । कम्पनीले कात्तिक २५ गते सभा बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु