सेयर बजारमा गिरावटा कायमै, कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा गिराउने आउने क्रम जारी छ । बजारमा निरन्तर गिरावट आउँदा परिसूचक करिब साढे २४ सय बिन्दु नजिक रहेको छ । बजार २२.३६ अंकले घटेर परिसूचक २४६४.४० बिन्दु कायम भएको छ ।

३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बन्दा उत्पादन तथा प्रशोधन समूहको उपसूचक मात्रै बढेको छ ।

कारोबारमा वन नेपाल लघुवित्त, इङ्वा हाईड्रोपावर, एनएलजी इन्स्योरेन्स, सोनापुर मिनरल्सका लगानीकर्ताले कमाएका छन् भने अप्पर साङगे हाईड्रोपावर, अप्पर हेवाखोला हाईड्रोपावर, मक्कर जितुमाया सुरी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु