सेयर बजारमा निरन्तर पहिरो, परिसूचक २५ सय बिन्दुबाट झर्यो



काठमाडौं । सेयर बजारमा आएको गिरावटले निरन्तरता पाएको छ ।

बजार मात्रै घटेको छैन, अहिले कारोबार रकम पनि निकै नै घटिरहेको छ । मंगलबार बजार ५८.९३ अंकले घटेर परिसूचक २४७०.३९ बिन्दु कायम भएको छ । बजारमा गिरावट आउँदा परिसूचक २५ सय बिन्दु भन्दा तल झरेको छ ।

यो दिन ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ ह्जार ३५६ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

बजार राताम्मे हुँदा हिमालयन हाईड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबारमा नेपाल फाइनान्स, बुद्धभुमी नेपाल हाईड्रोपावर, स्वेतगंगा हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबारमा स्वरोजगार लघुवित्त वित्तीय संस्था, सुपर साङ्गे हाईड्रोपावर, इङवा हाईड्रोपावरका लगानीकर्ताले कमाएको छ ।


क्लिकमान्डु