दुई वर्षपछि देउवा प्रधानमन्त्री: गगन थापा



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमति कार्यान्वयनमा आफ्नो पार्टी शतप्रतिशत प्रतिवद्ध रहेको बताएका छन् ।

उनले सो सहमति कार्यान्वयनका लागि सिंगो पार्टी पंक्तिले पनि वातावरण बनाउनुपर्ने बताए ।

सानेपास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले दुई वर्ष सरकारको नेतृत्व गरेपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुने बताए ।

महामन्त्री थापाले सोही सहमतिको आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गरिएको र त्यो छिट्टै सार्वजनिक हुने बताए।


क्लिकमान्डु