भोलिदेखि चढ्न पाइने धरहरा कस्तो बन्यो ? (फोटोफिचर)



काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा भोलि संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि खुला गरिने भएको छ । भोलिदेखि केही समयलाई नि:शुल्क रुपमा धरहरा चढ्न पाइने छ ।

६ पटकसम्म म्याद थप गरिएको धरहरा बिहीबार फेरि उत्घाटन हुन लागेको हो । एक दशकसम्म पनि निर्माण सम्पन्न हुन नसकेको धरहरा पुन: हतारमै उद्घाटन हुन लागेको हो ।

२०७२ को भूकम्पले भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टीनको छाना हालेर राखिएको छ । यो आयोजना पुनःनिर्माण प्राधिकरणको समय सीमा भित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालयमातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ ।


क्लिकमान्डु