बालेनका समर्थकलाई प्रहरीले किन पक्राउ गर्‍यो ?



काठमाडौं । इन्द्रजात्राको अवसरमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार काठमाडौंको बसन्तपुरबाट मेयर शाहका एक दर्जन समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शाहको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर जनसेवामा राखेको हो ।

प्रहरीले भने उनीहरुलाई नियन्त्रणमा नलिइ सुरक्षा दिएको दाबी गरेको छ । झडप हुने स्थिति आउन सक्ने भन्दै उनीहरुलाई सुरक्षा दिएको प्रहरीको दाबी छ ।

इन्द्रजात्राको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली लगायत सहभागी भएका छन् ।

पछिल्लो समय महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा लेखिरहेका छन् । जसका कारण प्रधानमन्त्रीको दल नेकपा एमालेका कार्यकर्ता बालेनसँग क्रुद्ध छन् भने बालेनले स्टेटस लेखिरहँदा उनका समर्थक ओलीमाथि सामाजिक सञ्जालमा खनिने गरेका छन् ।

आजको कार्यक्रममा बालेन भने उपस्थित छैनन् । उनी भारत गएको र आजै फर्किने कार्यक्रम रहेको बताइएको छ ।


क्लिकमान्डु