रास्वपाको राष्ट्रिय भेला सुरु (तस्बिरहरु)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला सुरु भएको छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ९ बजेदेखि भेला सुरु भएको हो । भेला दुई दिन चल्ने रास्वपाले जनाएको छ ।

भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन, सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।

भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएको रास्वपाले जनाएको छ ।


क्लिकमान्डु