वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, अटेर गरे १० प्रतिशत जरिवाना लाग्ने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली–२०७५ को अनुसूची ३ (क) (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८१÷०८२ को बार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन भनेको छ ।

५० करोड चुक्ता पुँजी भएको कम्पनीले ५० हजार, ५० करोड भन्दा बढी चुक्ता पुँजी भएका कम्पनीले १ लाख रुपैयाँ बुझाउनु पर्छ ।

यस्तै डिवेन्चर-म्युचुअल फण्ड (सामुहिक लगानी कोषको) वार्षिक नवीकरण शुल्क ५० करोडसम्म चुक्ता पुँजी हुनेले २५ हजार र ५० करोड भन्दा माथी हुनेले ५० हजार रुपैयाँ बुझाउनु पर्ने छ ।

तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको बार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने नेप्सेले जनाएको छ ।


क्लिकमान्डु