क्यानभासमा जिरी (तस्बिरहरु)



काठमाडौं । बानेश्वरको उमोजा क्याफेमा नेपालको एतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यलाई समेटेर ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी सुरू भएको छ ।

नेपालका ६ जना कलाकारहरु जिरी पुगेर महोत्सवमा स्थलगत कला कार्यशालामा सहभागी भएर ३ दिनको जिरी बसाईका क्रममा देखेका भोगेका र अनुभव गरेका कुरालाई काठमाडौंमा समेत आएर कलाकृति मार्फत देखाएका छन् ।

“यो प्रदर्शनीमा जम्मा ३६ थान कलाकृति प्रदर्शनीमा राखिएकाछन् । जिरीको भेषभुषा, संस्कृतिका साथै बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र संस्कृतिक पक्ष पनि यो प्रदर्शनमा समेटिएका कलाकृतिमा फेला पार्नुहुनेछ” क्यानभासमा जिरी कला प्रदर्शनीद्वारा जारी विज्ञप्तीमा उल्लेख ।

प्रदर्शनीमा ६ जना कलाकारः केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीको कला डिस्प्लेमा राखिएको छ ।

कलाकारले एक्रेलिक र जलरङ (वाटर कलर) को प्रयोग गरि चित्र सृजना गरेका छन् । प्रदर्शनी २०८१ साल भदौ २८ गते देखि भदौ ३० गते सम्म उमोजा क्याफे, एन.बि सेन्टर नयाँ बानेश्वरमा संचालनमा रहनेछ ।


क्लिकमान्डु