सुनको मूल्य घट्यो, आज कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बुधबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो । बुधबारको उक्त मूल्य अहिलेसम्मकै धेरै हो । बिहीबार चाँदीको मूल्य भने बढेको छ ।

बुधबार प्रतितोला एक हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्लिकमान्डु