उपसभापति धनराजको नाम सहकारी ठगीमा जोडियो, छानबिन हुन्छ: गगन थापा (भिडियो)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानबिन हुने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस पार्टीको विधान, परम्परा, निर्णयहरुले कुनै पनि प्रकरणमा कानून उल्लंघन गरेको भए उसले उन्मुक्ति नपाउने दाबी गरे ।
शक्तिशाली, सत्तासिन, नाता पर्ने जो कोही भए पनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने थापाले बताए ।
संसदमा नै उपसभापति गुरुङले सो बारेमा आफूमाथि छानबिन गर्न आग्रह गरेको भन्दै थापाले संसदीय समिति बनाएर छानबिन गर्न झनै सहज भएको बताए । नाम जोडिएपछि छानबिनको दायरामा आउने थापाको भनाइ छ ।
महामन्त्री थापाले पार्टीको विधानले नै अपराध गरेको भए दण्ड व्यहोर्नुपर्ने भनेकाले काँग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आएको बारेमा किन मौन बसेको भन्ने प्रश्न नै नहुने बताए ।