उपसभामुखको पक्षमा उभियो माओवादी



काठमाडौं । नेकपा माओवादी केन्द्र उपसभामुखको महाअभियोगको विपक्षमा उभिएको छ । माओवादी सचिव देवेन्द्र पौडेलले उपसभामुखलाई महाअभियोग लगाउने काम नगर्न सत्ता पक्षलाई खवरदारी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले सहमतिमा आधारमा निर्वाचित गरिएको उपसभामुखलाई हटाउने कुरा निकै दुःखदायी रहेको र यसले लोकतन्त्र अघि बढ्न नसक्ने भन्दै महाअभियोगतर्फ अघि नबढ्न खबरदारी गरे । प्रश्न उठेर राजीनामा दिने हो भने मन्त्रीहरुका बारेमा प्रश्न उठेको उनले बताए ।

पौडेलले सामाजिक सेवाका कामबाट अघि बढेको व्यक्तिहरुलाई शक्तिको प्रयोगबाट चारैतर्फबाट घेर्ने काम उचित नभएको धारणा राखे।

संविधान संशोधन गर्न आफूहरु तयार रहे पनि प्रधानमन्त्री फेर्ने तुरुपको रुपमा संविधान संशोधन हुन नसक्ने स्पष्ट पारे । संविधान संशोधनमार्फत दुई दलले मात्रै राज्य चलाउने कसैको सपना हो भने सम्भव नरहेको उनको भनाइ छ ।


क्लिकमान्डु