सहकारी पीडितले नाराबाजी गरेपछि रवि लामिछानेलाई पोखरामा कडा सुरक्षा



पोखरा । सहकारी पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेविरुद्ध नाराबाजी गरेका छन् ।

पोखरामा रास्वपाको गण्डकी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न पुगेका लामिछानेविरुद्ध सहकारी पीडितले नाराबाजी गर्दै कालो झन्डा देखाए ।

नाराबाजी जारी रहँदा कडा सुरक्षा घेराबीच लामिछाने कार्यक्रमस्थल पुगेका छन् । पोखराको सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताले नाराबाजी जारी राखेका छन् ।

पूर्वगृहमन्त्री लामिछानेको सुरक्षामा सुरक्षाकर्मी बढाइएको छ ।


क्लिकमान्डु