रवि लामिछानेलाई सहकारी पीडितले देखाए कालो झन्डा



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी पीडितले कालो झन्डा देखाएका छन् ।

रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठकमा सहभागी हुन पोखरा आएका लामिछानेलाई मंगलबार सहकारी पीडितले कालो झन्डासहित नाराबाजी गरेका हुन् ।

कार्यक्रमस्थलबाहिर सहकारी पीडितहरुले प्रदर्शन र नाराबाजी गरेका हुन् ।

सहकारी पीडितहरुले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया प्रालिमा गएको भन्दै गोरखा मिडियाका तत्कालीन प्रबन्धन निर्देशकसमेत रहेका लामिछाने मुछिएका छन् । यसविषयमा संसदीय छानबिन समितिले अनुसन्धान गरिरहेको छ ।


क्लिकमान्डु