सेयर बजारमा निरन्तर पहिरो



काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी छ । बढेर तीन हजार पुगेको सेयर बजार अहिले साढे २६ सयको बिन्दु भन्दा तल झरेको छ ।

बजार मात्रै होइन कारोबार रकमले समेत साथ छोडन थालेको छ । कारोबार रकम निरन्तर घट्दै गएको छ । बजार मापन गर्ने सूचक ५५.८६ अंकले घटेर परिसूचक २६४६.०३ बिन्दु कायम भएको छ ।

३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर ९ अर्ब ४३ करोड ९१ लख ६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

कारोबारमा २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२२ कम्पनीको घटेको छ । कारोबारमा हाथवे इन्भेष्टमेन्ट, नेपाल वेरिङ हाउस, इमर्जिङ नेपाल, सीईडीबी हाईड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ ।

कारोबारमा उन्नति सहकार्य लघुवित्त, सृजनशिल लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, मनकामना इन्जिनियरिङ हाईड्रोपावर कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु