क्लिकमान्डुकर्मी विनोद भण्डारीलाई पितृशोक



काठमाडौं । क्लिकमान्डुकर्मी विनोद भण्डारीलाई पितृशोक परेको छ ।

विनोदका बुवा कमलबहादुर भण्डारीको आइतबार बिहान ८ बजे मोरङमा निधन भएको हो ।

७५ वर्षीय भण्डारीको मोरङको कानेपोखरी गाउँपालिका वडा नं: १ होक्लाबारीमा निधन भएको हो । केही समययता अस्वस्थ भएपछि भण्डारीलाई अस्पताल राखिएको थियो ।

भण्डारीको शवको आज दाहसंस्कार गरिँदै छ ।


क्लिकमान्डु