सेयर बजारमा ओरालो यात्राः सूचकसँगै घट्दै कारोबार रकम



काठमाडौं । सेयर बजारले ओरालो यात्रा तय गरेको छ । बजारसँगै कारोबार रकम घट्न थालेको छ ।

बिहीबार बजार मापन गर्ने सूचक १२.१० अङ्कले घटेर परिसूचक २७२७.३६ बिन्दु कायम भएको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.३५ अंकले घटेर ४८६. ३६ बिन्दु कायम भएको छ ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये ११ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा दुई उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

कूल दुई करोड एक लाख ५३ हजार नौ सय ९३ कित्ता शेयर रु नौ अर्ब ६५ करोड १५ लाख १३ हजार दुई सय ४६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यूनिक नेपाल लघुवित्त नौ दशमलव १४, नेष्डो समृद्धि लघुवित्त आठ दशमलव ४३, अप्प्र हेवाखोला हाइड्रोपावर सात दशमलव ९२ र गुडविल फाइनान्सका लगानीकर्ताले सात दशमलव ८३ प्रतिशतले कमाएका छन् ।

यस्तै, नेपाल फाइनान्स आठ दशमलव ९१, विन्दवासिनी हाइड्रोपावर पाँच दशमलव ७७, एनआरएन इन्फास्ट्रक्चर पाँच दशमलव शुन्य तीन, न्यादी हाइड्रोपावर चार दशमलव ८९ र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु