अर्थतन्त्र चलायमान बनाउन सरकार थप इन्टरभेन्सन गर्न तयार छः अर्थमन्त्री



काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निजी क्षेत्रलाई गुनासोबाट बाहिर निस्कन आग्रह गरे । निजी क्षेत्रका समस्या सुन्ने र समाधान गर्न तयार रहेको जानकारी गराए ।

केही काम भइरहेको बताए । सरकारले गरेको काम पूरा भएन भने सरकार अझै बढी काम गर्न तयार रहेको उल्लेख गरे ।

नेपाल आर्थिक पत्रकार समाजको २६औं वार्षिक साधारणसभा यस्तो बताएका हुन्।

राष्ट्र बैंकले अपेक्षा र आलोचनाका बीचमा मौद्रिक नीति ल्याएको र त्यो तुलनत्मकरुपमा राम्रो रहेछ बताए । मौद्रिक नीतिमा यस्तो स्वागत बिरलै हुने गरेको स्मरण गरे ।

अर्थतन्त्र चलायमान बनाउन सरकारको ईन्टरभेन्सन नपुगेको हो भने सरकार तयार रहेको जानकारी गराए । अर्थतन्त्र थप चलायमान बनाउने सुझाव दिन सबैलाई सुझाव दिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले ब्याजदर, नितिगत दर तल रहेको र यसले आर्थिक गितिविधि बढाउन सहयोग गर्ने बताए ।

नाडा अटो शो, सेयर बजारको चहल पहलले बजार थप चलायमान भएको दावी गरे । यो बर्षबाट अर्थतन्त्र थप नयाँ ढंगबाट चलायमान बनाउने तर्क गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघले १७५ जना सांसदलाई राखेर बाफियाको विषयमा सुझाव दिएको बताए । त्यो बेला यहि अवस्थामा बाफिया पास भयो भने त्यसले पार्न असरका बारेमा पनि जानकारी गराएको बताए ।

अहिले बाफिया जस्ताको त्यस्तै पारित भयो भने ठुलो समस्या देखिने दावी गरे ।

बैंकर र व्यबसायी छुट्याउने भन्ने विषय स्मरण गराउदै हरेक वर्ष ५/१० प्रतिशत सेयर डाइल्युट गर्दै जाने हो भने यो सम्भव रहेको दावीगरे ।

बाफियामा भएको ‘सम्बद्ध’ पक्षको विषयमा परिभाषा परिवर्तन गर्न आवश्यक रहने सुझाव दिए ।

अख्तियार र सतर्कता केन्द्रले पनि निजी क्षेत्रमा दिने बिषय पास हुने हो भने राष्ट्र बैंकको भुमिका खुम्चदै जाने दावी गरे । निजी क्षेत्रमा अन्य निकायले हेरि रहेको समयमा अख्तियार, सतर्कता केन्द्र प्रवेश गर्दा समस्या हुने दावी गरे ।

बिप्रेषण बढेको, विदेशी विनिमय सन्चिति बढेको, मौद्रिक नीति पनि सेयर बजार बढेको भएपनि अब यसलाई स्थिर राख्ने र अब बढाउँदै जानुपर्ने उल्लेख गरे ।

निर्माण ब्यवसायीलाई छिटो भुक्तानी गरेमा आर्थिक गतिविधि बढ्ने स्मरण गराए। ढकालले सीमा क्षेत्रलाई अझै कसिलो बनाउन सुझाव दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले ब्याजदर घटेको भए पनि ऋणको माग कम भएको बताए । ब्याजदर घट्दा पनि लगानी नबढ्नु चिन्ताको विषय भएको बताए । सरकारले अब बजारमा उपभोग बढाउने नीति लिन सुझाव दिए ।

यो वर्ष सरकारले पुँजीगत खर्च नढाउन नसक्ने हो भने अवस्था झन खराब हुने बताए । उनले करको दर घटाएर भोलुम बढाउनु पर्ने सुझाव दिए । दर घटाउने हो भने सिमा क्षेत्र हुने अवैध कारोबार कम हुने धारणा राखे ।


क्लिकमान्डु