मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि खस्यो ढुंगा



काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारबामाथि ढुंगा खसेको छ । 

ईच्छाकामना गाउँपालिका-५ अन्तर्गत पर्ने सडकमा गुडीरहेको बेला गाडीमाथि ढुंगा खसेको हो ।

उक्त सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बी एडी ८३२२ नम्बरको कारमाथि ढुंगा खस्दा सामान्य क्षति भएको हो । गाडी भरतपुर महानगरपालिका-२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए ।

प्रहरीकाअनुसार उक्त घटना बिहान करिब ८ बजे भएको थियो ।

उक्त क्षेत्रमा हिजो रातीदेखि नै पानी परिरहेका कारण प्रहरीले सहजताका साथ यात्रा गर्न अनुरोध गरेको छ । 


क्लिकमान्डु