सेयर बजार बढ्दा सरकारको कमाइ बढ्यो, साउनमा १० गुणाले बढ्यो लाभकर



काठमाडौं । सेयर बजार लगातार बढ्दा लगानीकर्ताले मात्रै नभएर राज्यले पनि कमाएको छ ।

साउन महिनामा बजारको कारोबारमा निकै उछाल आएको छ । कारोबार रकममा आएको उछालले लगानीकर्तासहित राज्यलाई समेत लाभ भएको हाे ।

गत आर्थिक वर्षको साउनको तुलनामा यो वर्ष साउनमा राज्यले पाउने पुँजीगत लाभकर ९५७.१० प्रतिशतले बढेको छ । गत आवको साउन मसान्तमा सेयर बजारबाट राज्यले ४० करोड ८ लाख ९१ हजार रुपैयाँ पुँजीगत लाभकर पाएको थियो ।

सिडिएससीका अनुसार गत साउनकाे तुलनामा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राज्यले पुँजीगत लाभकरकाे रुपम ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ हात पारेको छ । गत साउनको तुलनामा यो साउनमा पुँजीगत लाभकर १० गुणाले बढेको छ ।

एक महिनामा बजार ७६० अंकले बढेर ३००० बिन्दुमा पुगेको थियो । साउनमा कारोबार रकमले पनि नयाँ रेकर्ड बनायो । करिब ३० अर्ब रुपैयाँसम्मको सेयर किनबेच भएको छ ।

साउन महिनामा पहिलो दुई कारोबार दिन क्रमशः साढे ८ र ९ अर्बको सेयर कारोबार भएको थियो । त्यसपछि १२ अर्ब भन्दा माथी नै रहेको छ । जसले गर्दा राज्यले पाउने पुँजीगत लाभकर बढेको हाे ।


क्लिकमान्डु