भाटभटेनीका मीनबहादुर गुरुङले किने सेयर ब्रोकर



काठमाडौं । भाटभटेनी सुपरमार्केटका संस्थापक तथा सञ्चालक मिनबहादुर गुरुङले लगानी विविधीकरण गर्ने क्रममा सेयर ब्रोकर कम्पनीमा लगानी गरेका छन् ।

पछिल्ला वर्षहरुमा गुरुङले भाटभटेनीको रिटेल ब्यापारलाई विविधिकरण गर्दै सेवा ब्यवसायलगायत अन्य ब्यवसायमा हात हालेका छन् । त्यसैक्रममा उनले पछिल्लो समय धितोपत्र ब्रोकरमा समेत लगानी गरेका हुन् ।

गुुरुङले ९२ नम्बरको रोडशो सेक्युरिटिजमा लगानी गरेका हुन् ।

कालु गुरुङको बहुमत सेयर रहेको रोडशो सेक्युरिटिजमा मिन बहादुर गुरुङले सेयर किनेका हुन् । कालु गुरुङको बहुमत सेयर स्वामित्वमध्ये आधा हिस्सा मिन बहादुर गुरुङलाई किनेका हुन् । कालु गुरुङले आफनो बहुमत सेयरको आधा हिस्सा मिन बहादुर गुरुङलाई बिक्री गरेको क्लिकमान्डुलाई बताए ।

मिन बहादुरसहित उनी निकट समूहको रोडशो सेक्युरिटिजमा ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

रोडशो नयाँ ब्रोकर कम्पनी हो । पछिल्लो समय धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाईसेन्स दिँदा यो ब्रोकरले पनि अनुमति पाएको थियो । सुनधारमा कार्यालय रहेको सिमित कारोबार गर्ने रोडशो सेक्युरिटिजको चुक्तापुँजी २० करोड रुपैयाँ रहेको छ।


क्लिकमान्डु