ट्रकले सोहोरेर लग्दा स्कुटरमा सवारको शरीर क्षतविक्षत, गठ्ठाघरमा ढुंगामुढा (तस्बिरहरु)



भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको छ ।

रोकिरहेको स्कुटरलाई ट्रकले ठक्कर दिएर सोहोरेर केही पर पुर्‍याएको थियो । ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको स्थानीयको भनाइ छ ।

ट्रकले सोहोर्दा महिलाक ज्यान गएको छ । ट्रकले घिसार्दा शरीको भाग छुट्टिएको छ भने आन्द्रा नै ट्रकको मुनि देखिएको तस्बिरहरु सार्वजनिक भएका छन् ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । ट्रकमा तोडफोड गर्ने समूहले आगो लगाउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

त्यसपछि प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । प्रहरीले भिडलाई हटाउने प्रयास गरिरहेको छ ।

तनावपूर्ण अवस्थाले भक्तपुर-काठमाडौं सडक ठप्प छ ।


क्लिकमान्डु