सेयर बजारमा ऐतिहासिक रेकर्डः करिब ३० अर्बको कारोबार, बजार तीन वर्षपछि ३ हजार बिन्दुमा



काठमाडौं । सेयर बजारले कारोबार रकममा ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३० अर्बको कारोबार भएको छ । यो अहिलेसम्मकै ऐतिहासिक कारोबार हो ।

बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँको सेयर किनबेच भएको छ । निकै उतार चढाबकाबिच बजारले ३ हजार बिन्दु चुमेको छ । करिब तीन वर्षपछि बजारले ३ हजारको बिन्दु पार गरेको हो । बजार मापन गर्ने सूचक ४३.०५ अंकले बढेर परिसूचक ३०००.८१ बिन्दुमा पुगेको छ । यो दिन समग्रमा बजार १.४५ प्रतिशतले बढेको छ ।

३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा वित्त, जीवन बिमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य समूहको उपसूचक घटेको छ भने बाँकी समूहको उपसूचकमा उछाल आएको छ । सबैभन्दा बढी बैंकिङ समूहको उपसुचक ५.६५ प्रतिशतले बढेको छ ।

कारोबारमा तीन वटा कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बिमा कम्पनी र मोदी इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा नेपाल फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।


क्लिकमान्डु