चन्द्रागिरी हिल्सको नाफा दोब्बर बढ्यो



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म चन्द्रागिरी हिल्सले २२ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीको सञ्चालन आम्दानी बढ्दा नाफा बढेको छ । अघिल्लो आवको चौथो त्रैमासमा ९१ करोड ३४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत आवको सोही अवधिमा १ अर्ब रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो आवको असार मसान्तसम्म कम्पनीको वित्तीय खर्च २८ करोड ५० लाख रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिको तुलनामा २३ करोड १७ लाख रुपैयाँ छ ।

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ७ करोड ६ लाख ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.५६ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ छ ।


क्लिकमान्डु