कालिन्चोक दर्शनको नाफा ७.७५ प्रतिशतले बढ्यो



काठमाडौं । गत आर्थिक वर्षमा कालिन्चोक दर्शनले २ करोड ६६ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७५ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २ करोड ४७ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी २२.३२ प्रतिशतले बढेर ८ करोड १५ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १०.३९ प्रतिशतले बढेर ४ करोड २५ ६३ हजार रुपैयाँ रहेको छ ।

५९ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ कोषमा ७७ लाख ७३ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ७५ पैसा छ ।


क्लिकमान्डु