नेपाल टेलिकमको नाफा १६.४४ प्रतिशतले घट्यो, अन्य सूचक पनि कमजोर



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६.४४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४.९९ प्रतिशतले कम हो ।

कम्पनीको वित्तीय आम्दानी १६.६८ प्रतिशतले घटेर ६ अर्ब ४८ करोड १९ लाख रुपैयाँ छ । १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ कोषमा ७६ अर्ब ५७ करोड ७० लाख ७३ हजार रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा छ ।


क्लिकमान्डु