सेयर बजारमा उछाल आउँदा यी हुन् सकारात्मक सर्किट लागेका ९ कम्पनी



काठमाडौं । सेयर बजारमा उछाल आउँदा ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सर्किट लागेका कम्पनीमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभुमी लघुवित्त वित्तीय संस्था, हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेको छ ।

यस्तै माउन्टेन हाईड्रो नेपाल, हिमालयन हाईड्रोपावर, इङवा हाईड्रोपावर, अप्पर साङ्गे हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै गुडविल फाइनान्स, अपी पावर कम्पनी, मन्जुश्री फाइनान्सको सेयर मूल्य सर्किट तहमा बढेका छन् ।


क्लिकमान्डु