करेक्सन लगत्तै सेयर बजारमा हरियाली



काठमाडौं । मंगलबार करेक्सन देखिएको बजारमा बुधबार सुधार आएको छ ।

कारोबारको सुरुदेखि बजारमा देखिएको उतार चढाब अन्तिम समयमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ३४.२९ अंकले बढेर परिसूचक २९५७.७५ बिन्दु कायम भएको छ ।

३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १५० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा १५६ कम्पनीको १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घटेको छ । कारोबारमा ९ कम्पनीका सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । तीन कम्पनीको सेयर मूल्य सर्किट तहमा कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । जीवन बिमा, माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

कम्पनीको ८६ करोड ५८ लाख ५८ हजार ३०७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट र अपी पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु