प्रतिनिधि सभाको बैठक: ओली, देउवा र प्रचण्डले सम्बोधन गर्दै #LIVE



काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज शीर्ष नेताहरुले सम्बोधन गर्दै छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक विधेयकउपर छलफलका क्रममा शीर्ष नेताले सम्बोधन गर्न लागेका हुन् ।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्दे छन् ।


क्लिकमान्डु