चाँडै प्राधिकरणको आईपीओ जारी गर्छौं: कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले निकट भविष्यमै प्राधिकरणले आईपीओ जारी गर्ने बताएका छन् ।

दोस्रो कार्यकालको ३ वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मलेन गर्दै कुलमानले पुँजीको १० प्रतिशत आईपीओ जारी गर्ने र सो रकम ठूला जलविद्युतमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढेको बताए ।

कुलमानले विद्युतीकरणमा उल्लेख्य प्रगति गरेको बताए । उनका अनुसार ३ वर्षअघि ८९ प्रतिशत रहेकामा विद्युतीकरण ९९ प्रतिशत पुगेको छ । अर्थात् वर्षअघि हरेक १०० घरधुरीमध्ये ८९ मा बिजुली पुगेकामा अहिले १०० मध्ये ९९ घरमा बिजुली पुगेको हो ।

८ वर्षअघि २९ लाख ७० हजार ग्राहक ५९ लाख ५ हजार पुगेको छ ।

वार्षिक खपत १० अर्ब २३ अर्ब युनिट पुगेको छ भने वार्षिक प्रतिव्यक्ति विद्युत खपत १ सय ३१ बाट ४ सय पुगेको छ ।


क्लिकमान्डु