सुन तोलामा २३ सय रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा २३ सय रुपैयाँले घटेको छ । सोमबार सुनको मूल्य अहिलेसम्मकै महँगोमा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्य ऐतिहासिक मूल्य कायम गर्दै तोलाको १ लाख ५० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार भने सुनको मूल्य १ लाख ४७ हजारज ७ सय रुपैयाँ तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी १ हजार ७२५ रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।


क्लिकमान्डु