डेडिकेटेड-ट्रंक लाइन विवादः विद्युत नियमन आयोगलाई लेखा समितिको ४ प्रश्न



काठमाडौं । सार्जवनिक लेखा समितिले विद्युत नियमन आयोगलाई विभिन्न चार वटा प्रश्न सोधेको छ । आज शुक्रबार बसेको लेखा समतिकिो बैठकले आयोगलाई चार वटा प्रश्न सोधेको हो ।

समितिले विद्युत नियमन आयोगले महसुल निर्धारण सम्बन्धमा परेका विवादहरुको समयमै किन टुङ्गो लगाइएन ? भन्ने प्रश्न गरेको छ ।

यस्तै, विवादमा रहेको पहिलो अवधि विसं २०७२ साउनदेखि विसं २०७२ पुस सम्मको अवधिमा तत्कालीन विद्युत महसुल निर्धारण आयोगको नेपाल विद्युत विद्युत प्राधिकरणको मिति २०७२ असार १६ गते निर्णय मिति २०७२ पुष २९ गते र २०७२ माघ १० को बैठकबाट अनुमोदन गर्दा कुन मितिबाट महसुल उठाउने भन्न सन्दर्भमा स्पष्ट निर्णय आयोगबाट किन गरिएन ? भन्दै दोस्रो प्रश्न गरेको छ ।

विद्युत महसुल निर्धारण गरेपछि त्यसको कार्यान्वयन भए नभएको अनुगमन गर्ने जिम्मेवारी कसको हो ? भन्दै तेस्रो प्रश्न गरेको छ ।

यसैगरि, लोड सेडिङ्ग हटेपछि डेडिकेटेड र ट्रक लाईनको महशुल दरमा पुनरावलोकन हुनुपर्ने होकि होइन ? भन्दै चौथो प्रश्न गरेको छ । यी प्रश्नको जवाफ आयोगले समितिमा जवाफ दिनेछ ।


क्लिकमान्डु