होटलमा आक्रामक पौवा: १० वर्षमा १०० वटा खोल्ने, २० वर्षमा अन्तर्राष्ट्रियस्तरको व्यवस्थापन सम्हाल्ने


काठमाडौं । होटल विस्तारमा नेपालीको एक समूह पौवा ग्रुप आक्रामक भएर आउन थालेको छ । १५ वटा होटल पुर्याइसकेको हो समूहले अगामी १० वर्षमै १०० वटा होटल खोल्ने भएको छ । पल्लिो एक दशकमा पौवा होटलले जुन अनुभव र दक्षता हासिल गर्यो अवको एक दशमा त्यसलाई देशैभर भिजिबल बनाउने गरी जाने लक्ष्य तय गरेको होटल पौवका व्यवस्थापक ध्रुर्ब न्यौपानले भने ।

उनका अनुसार अवको १० वर्षमा देशभित्रै ३ देखि ५ तारेसम्मका स्तरीय होटल हुने व्यापक मात्रमा सञ्चालन गर्ने छौं । त्यसका लागि अहिले भएका होटललाई स्तरीकरण गर्न सुरु गरिएको छ । हाल पौवाका १५ वटा होटलहरुको स्तरीकरण भएर तारा वर्गीकरण भएको छैन । अब एकैपटक सबै होटलको स्तरीकरण गरेर नेपालमा आक्राममक होटल विस्तारको ग्रुपको रुपमा पनि परिचित हुँदै जाने न्यौपानेले बताए ।

उनका अनुसार पौवा ग्रुपले हाल देशैभर पर्यटकीय स्तरदेखि ५ तारेसम्मको होटल बनाइरहेको छ । यसका हाल १४ वटा होटल सञ्चालनमा छन भने नेपालगन्जमा १ सय कोठोको पाँतारे होटल पौवा सञ्चालनमा आउने तयारीमा रहेको पनि न्यौपानेले जानकारी दिए ।

यो समूहले अहिले नै भारतमा होटल खोजर व्यवस्थापन गर्ने तयारीमा लागिसकेको छ । उपयुक्त होटल भएको अवस्थामा पौवाले व्यवस्थापन गर्ने छ । त्यसपछि अन्य अन्तर्राष्ट्रियस्तरमा होटल व्यवस्थापन गर्ने रणनीति बनाएको न्यौपानेले बताए । नेपालको कानून अन्तर्राष्ट्रियस्तरमा होटल सञ्चालन तथा व्यवस्थापनमैत्री नभएकोले सरकारले सहजीकरण गरेकोले पौवाजस्तै होटल क्षेत्रमा सेवा विस्तार गरिरहेका र वर्षोदेखि नेपालमा सेवा दिएर बाहिर जाने तयारी गरिरहेको होटलको लागि सहज हुन्थो ।

मुलकोट र हलेसीमा पौवा रिसोर्ट सञ्चालनमा
नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवाले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरु गरेको छ ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै देशभर होटल बिस्तार गरिएको पौवा ग्रुपले १४औं शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा शुरु गरेको छ । ४५ रोपनी क्षेत्रफलमा र्फैलिएको यो रिसोर्ट ५० करोडको लगानीमा पौवा बिच रिसोर्टको नामले संचालन गरेको हो ।

यो होटल ग्रुपले खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड भन्दा बढीको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको हो । नेपालको पर्यटन उद्योगलाई थप उचाईमा पुर्याउनका लागि मिसन १०० को योजना सहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पूर्वतर्फ अगाडि बढेको हो ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने, ‘८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरेको छौ । काठमाडौंकोदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको हो । काठमाडौको भिडभाडबाट सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेको हौ ।’

अध्यक्ष भण्डारीले भने, ‘खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएकोले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेका छौं । रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यु हेर्न पाइन्छ ।’

पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले भने, ‘‘देशको विकासको संकेत भनेको संस्कार र संकृति हो । नेपाली आतिथ्यताको संस्कृति विश्वमै अनुपम छ । यसलाई संसारभरका पर्यटकलाई देखाउनका लागि होटल पौवाले काम गरेको छ । हामी पौवाको विस्तार व्यवसाय मात्र होइन हाम्रो संकृतिलाई समेत विस्तार गर्ने उद्देश्य राखेका छौ ।’

ज्ञवालीले भने- ‘नेपालको एक वर्षमा १६ लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्य दिएको छ । पछिल्लो एक वर्ष कोरानाअघि कै रुपमा पर्यटक भित्रिएका छन् । त्यसैले हामीले यहाँ आएका पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउने सक्ने हो भने मात्र पर्यटकको बसाई लम्बिन सक्छ । हामीले देशभर १५ वटा पौवा चेन बनाएका छौ । जुन पर्यटकी गन्तव्य क्षेत्र समेत हो । हाम्रो सानो प्रयासले पर्यटन विकासमा मद्दमा पुग्ने अपेक्षासमेत गरेका छौं ।’

पूर्वी नेपाल प्रवेश, ‘मिसन १००’ को यात्रा

विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौको गौशाला हुँदै पूर्वी नेपालमा प्रवेश गरेको हो । अब पौवाको १४औं शाखा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा १५ औ शाखा बिस्तार गरिएको हो । पौवाको ड्रिम प्रोजेक्टको रुपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पाँच तारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भैरहेको छ।

पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरि संस्थाले सेवा प्रवाह गरिरहेको छ ।

पौवाका व्यवस्थापक धुव्र न्यौपाने भने, ‘नेपालमा घुम्ने स्थान अथाह छ । हामीले देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो । हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि अहिले जसरी विदेश पलायनको मनोरोग छ, त्यसलाई रोक्न सकिन्छ ।’

‘पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने समेत हो । पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोत समेत विस्तार भएको छ । ’ न्यौपाने भने ‘अतिथि देवो भवः’ आत्मसात गर्दै पौवाले नेपाली पहिचानलाई संरक्षण गर्ने काम गरेको छ ।’

नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकारात्मक धारणा बनाउने पौवाको प्रयास हो । एक दशकमा १०० शाखा विस्तारको लक्ष्यसहित ‘मिशन १००’ योजना बनाएको होटल पौवा देशभर नेपाली आतिथ्यतासहितको चेन होटलको रुपमा फैलिँदै गएको छ ।