नेपालबाट पछि हटेको अडानी समूह भुटान गयो, ग्रीन हाइड्रोमा लगानी गर्न एमओयू



काठमाडौं । नेपालको जलविद्युतमा लगानीका लागि प्रस्ताव गरेका भारतीय अर्बपति गौतम अडानीले भुटानमा लगानी गर्ने भएका छन् ।

१० हजार ८०० मेगावाटको कर्णाली चिसापानीसहितका आयोजना मागेका अडानी नेपालबाट बाहिरिएर भुटानको जलविद्युतमा लगानी गर्ने भएका हुन् । लगानीको अन्तिम तयारी गरिरहेका अडानी नेपालमा अस्थिर नीति भएको भन्दै बाहिरिएका थिए ।

अडानी समूहले नेपालबाट बाहिरिएसँगै भुटानमा ५७० मेगावाटको ग्रीन हाइड्रो प्लान्ट बनाउनका लागि आइतबार समझदारीपत्र (एमाओयू)मा हस्ताक्षर गरेको छ ।

आइतबार अडानी ग्रुप र ड्रुक ग्रीन पावर कर्पोरेशनबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । भुटानका प्रधानमन्त्री नाम्गेल वाङचुङको उपस्थितिमा  एमओयु भएको हो । अडानीले आइतबार नै भुटानका राजा जिङमे खेसरलाई समेत भेटेका छन् ।

अडानी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निकट व्यापारी हुन् । मोदीकै ग्रीन सिग्नलमा भुटानमा लगानी गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अडानी समूहले भुटानमा जलविद्युत र अन्य पूर्वाधार परियोजनाहरूमा लगानी गर्न लागेको छ ।  अडानीले भुटानका राजालाई भेट्न पाउँदा आफू सम्मानित भएको र भुटाका राजाको  ‘ठूला कम्प्युटिङ सेन्टरहरू र डाटा सुविधाहरू सहित गेलेफु माइन्डफुलनेस सिटीका लागि महत्वाकांक्षी इको-फ्रेन्डली मास्टरप्लान’ बाट प्रेरित भएको बताएका छन् ।


क्लिकमान्डु