सहकारीमा १६, १७ वटा ग्याङले अर्बौं ठगे, संसदीय समितिले रवि, जिबी सबैलाई बयान लिन्छः गगन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापाले १६, १७ वटा ग्याङले सहकारीमा संगठित रुपमा ठगिरहेका बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसद थापाले यस्तो ग्याङले सहकारीबाट अर्बौं ठगेको दाबी गरे । केही व्यक्तिका कारण बचतकर्ता सडकमा आएर आन्दोलन गर्न बाध्य भएको उनले बताए ।

उनले सहकारीका समस्याका लागि गठित समितिले सहकारीबाट ठगिएका बचतकर्ताको बचत फिर्ता लिने सुनिश्चित गर्ने धारणा राखे ।

‘सूर्यदर्शन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा एक रुपैयाँ गएको भएपनि गैह्रकानूनी हो’ उनले भने ‘यो समितिले सहकारीको खाता पनि पल्टाउँछ, गोर्खा मिडियाको खाता पनि पल्टाउँछ । खाता मात्रै पल्टाउँदै की गोर्खा मिडियो चलाउने गोर्खा मिडियाको मालिक जिवी होसकी, छवि होस की कति होस की रवि होस उसलाई पनि बोलाउँछ । छानविन गर्छ, बयान लिन्छ र अन्तिममा भन्छ कानून बमोजिम कारबाही गर्नु ।’

सकारी ठगीमा जति शक्तिशाली भए पनि संसदीय समितिले सबैलाई छानबिन गर्न कसैलाई नछोड्ने बताए । सबै बचतकर्ताले न्याय पाउनु पर्ने धारणा राखे ।


क्लिकमान्डु