चन्द्रागिरी हिल्सको नाफा ३८.८१ प्रतिशतले बढेर करिब ११ करोड पुग्यो



काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा चन्द्रागिरी हिल्सको नाफा ३८.८१ प्रतिशतले बढेर १० करोड ७९ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ७ करोड ७७ लाख ३५ हजार रुपैयाँ नाफा रहेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी गत आवको सोही अवधिमा ६२ करोड ९० लाख २२ हजार रुपैयाँ रहेको थियो । अहिले बढेर ६९ करोड ७३ लाख ७२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको अन्य आम्दानी ४४ लाख ९ हजार रुपैयाँबाट बढेर ८६ लाख ८३ हजार रुपैयाँ पुगेको छ । जसले गर्दा कम्पनीको नाफा बढेको छ ।

कम्पनीको वित्तीय खर्च १८ करोड २९ लाख ६२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २० करोड ६६ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष १२ करोड २२ लाख ४१ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ०३ पैसा छ ।


क्लिकमान्डु