अन्तिम १ मिनेटमा ३ अंकले बढ्दा बजारमा सामान्य सुधार



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिममा आएर केही सुधार भएको छ । कारोबारको अन्तिम १ मिनेटमा बजार ३ अंकले माथी उक्लियो । समग्रमा बजार ५.६३ अंकले बढेर परिसूचक १९६६.२३ बिन्दु कायम भएको छ ।

३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन कारोबार रकम भने केही सुधार भएको छ ।

कारोबारमा ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको घटेको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली देखिएको छ ।

बैंकिङ समूहको ४.७५, विकास बैंक ३२.१०, वित्त १४.३१, होटल ३४२.८७, जलविद्युत ४.९३, निर्जीबन बिमा १६.०३, अन्य ०.२९, ट्रेडिङ समूहको उपसूचक २.११ अंकले बढेको छ । कारोबारमा जीवन बिमा ४३.५७, माइक्रोफाइनान्स ३८.९५, उत्पादन तथा प्रशोधन ७.८३ अंकले घटेको छ ।


क्लिकमान्डु