सेयर बजार स्थिर, १२४ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजार स्थिर भएको छ । निकै उतार चढाबकाबिच पनि बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक ०.२१ अंकले घटेर परिसूचक १९६०.६० बिन्दु कायम भएको छ ।

बजार स्थिरहुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ । यो दिन ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ । यो दिन ट्रेडिङ, माइक्रोफाइनान्स, वित्त समूहको उपसूचक बढेको छ । बाँकी सबै समूहको घटेको हो ।

कारोबारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, दोल्ती पावर कम्पनी, समता घरेलु लघुवित्त, ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

यस्तै कुमारी सबल योजनाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै मैलुङखोला जलविद्युत, बरुण हाईड्रोपावर, सामलिंग पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा पहिलो स्थानमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीको १० करोड ६० लाख २८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्रामिण विकास लघुवित्त र हिमालयन डिस्ट्रिलरी रहेको छ ।


क्लिकमान्डु