सर्वोत्तम सिमेन्टको नाफा ३२‍‍.३० प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सर्वोत्तम सिमेन्टको नाफा ३२‍‍.३० प्रतिशतले बढेर १२ करोड ७ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा कम्पनीको नाफा ९ करोड १२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म कम्पनीको सञ्चालन नाफा २५.१६ र अन्य नाफा ७४०.१६ प्रतिशतले बढ्दा नाफामा बढोत्तरी देखिएको छ ।

चैत मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी २५.१६ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ९० लाख ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै अन्य स्रोतबाट हुने आम्दानी ७४०.१६ प्रतिशतले बढेर ३ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको बिक्री लागभ ३०.८४ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड २९ लाख ९० हजार, प्रशासनिक खर्च ३.०१ प्रतिशतले घटेर ६ करोड ६५ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा, प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा छ ।


क्लिकमान्डु