अन्तिम २ मिनेटमा २ अंकले बढ्यो सेयर बजार



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले का अनुसार बजार मापन गर्ने सूचक २.०६ अंकले बढेर १९६०.८१ बिन्दु कायम भएको छ । अन्तिम २ मिनेटमा बजारमा २ अंकको बढोत्तरी भएको हो । बजारका खेलाडीहरुले अन्तिम २ मिनेटमा बजार बढाएका छन् ।

३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४ करोड ५ लाख २ हजार ६२१ कित्ता सेयर कारोबार भएको छ ।
कारोबारमा १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ । कारोबारमा विकास बैंक १२.८०, माइक्रोफाइनान्स ९९.९८, अन्य समूहको उपसूचक ११.२२ अंकले बढेको छ । बाँकी समूहको उपसूचक घटेका छन् ।

कारोबारमा हिमालयन लघुवित्त वित्तीय संस्था, इन्फिनिटि लघुवित्त, समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस्तै बोटलर्स नेपाल तराई, सिवाईसी नेपाल लघुवित्त माउन्टेन हाईड्रो, दोल्ती पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु