सेयर बजार राताम्मे, घट्दै कारोबार रकम



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सूरु देखि नै आएको गिरावट बजारमा अन्तिम समयसम्म कायमै रह्यो । बजार १५.६२ अंकले घटेर परिसूचक १९५८.७५ बिन्दु कायम भएको छ ।

३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन कारोबार रकम भने घटेको छ ।

कारोबारमा विकास बैंक बारहेक सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूहको ९.३३ अंकले बढेको छ । यस्तै बैंकिङ समूहको ६.४९, वित्त ४२.१४, होटल १०.६५, जलविद्युत १०.६५, जीवन बिमा ४६.०५, उत्पादन तथा प्रशोधन १७.९६, माइक्रोफाइनान्स ७५.६९, निर्जीबन बिमा ११२.६०, ट्रेडिङ समूहको २१.४९ र अन्य समूहको उपसूचक २७.२२ अंकले घटेको छ ।
कारोबारमा ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ । कारोबारमा बोटलर्स नेपाल (तराई), माउन्टेन हाईड्रो नेपाल, सीवाईसी नेपाल लघुवित्त, दिव्यश्वरी हाईड्रोपावर, बाराही हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
यस्तै पोखरा फाइनान्स, दोल्ती पावर कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु