सेयर बजार राताम्मे, यी हुन् कमाउने र गुमाउने कम्पनी



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक २४.५८ अंकले घटेर परिसूचक १९७४.३७ बिन्दु कायम भएको छ ।

कारोबारको सुरुदेखि नै आएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९६ वटाको घटेको छ । कारोबारमा निर्जीबन बिमा, माइक्रोफानान्स समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

कारोबारमा दोल्ती पावर कम्पनी, साधना लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ भने पिपुल्स पावर, सिंगटी हाईड्रो इनर्जी, हिमालयन डिस्ट्रिलरी, जानकी फाइनान्स, बोटलर्स नेपाल (तराई) कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु