एमाले महासचिव पोखरेल सवार गाडी दुर्घटना



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटनामा परेको छ ।

पार्टीको कार्यक्रममा सहभागी हु्न दैलेख जाने क्रममा पोखरेल सवार म १ च ३६९ नम्बरको स्करपियो दुर्घटनामा परेको हो ।

दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजारनजिकै जंगलमा स्करपियो दुर्घटनामा परेको हो ।

एमाले उपमहाचिव विष्णु रिमालले फेसबुकमा दुर्घटनाको तस्बिर राखेका छन् ।

‘हिजो दैलेख जानेक्रममा एमाले महासचिव शंकर पोख्रेल सवार जीप दुर्घटनामा पऱ्यो। यो डरलाग्दो दुर्घटनाबाट मानवीय क्षति भएको छैन। सबै सुरक्षित हुनुहुन्छ’ रिमालले लेखेका छन् ।


क्लिकमान्डु