यौन शोषण प्रकरणका दोषीलाई आममाफी दिएपछि हंगेरीकी राष्ट्रपतिद्वारा राजीनामा



एजेन्सी । हंगरीकी राष्ट्रपति क्याटलिन नोवाकले बालिका यौन शोषण प्रकणमा दोषी ठहराए भएका एक व्यक्तिलाई सजाय माफ गरेपछि माफी माग्दै राजीनामा दिएकी छन् ।

गत हप्ता राष्ट्रपति नोवाकले यस्ता यस्ता व्यक्तिको सजाय माफ गरेकी थिइन् जसले बालबालिकामाथि एक सरकारी बालगृहका निर्देशकमाथि लगाइएको यौन शोषणको आरोपलाई फिर्ता लिन दबाब दिएकी थिइन् ।

उनको दबाबलाई लिएर हंगेरीमा लगातार बिरोध बढिरहेको थियो र उनको राजीनामाको माग बढिरहेको थियो ।

नोवाकले टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गर्दै दोषीलाई माफ दिने आफ्नो निर्णय गलत भएको स्वीकारेकी छन् ।

सजाय माफ गर्ने यो निर्णयलाई अनुमति दिने तत्कालीन न्यायमन्त्री जूडित वारगाले प्रधानमन्त्री विक्टर ओर्बानको पार्टीको तर्फबाट यूरोपीय चुनावका लागि अभियानबाट हटाउने घोषणा गरेको छ ।

गत साल अप्रिलमा जब पोप फ्रांसिस हंगरी आएका थिए त्यतिबेला राष्ट्रपति नोवाकले २५ जनाको सजाय माफ गरेकी थिइन् ।
गत हप्ता यी २५ जनाको नाम सार्वजनिक गरिएको थियो ।

यसमा बुडापेस्टको नजिक एक चिल्ड्रन होम (बालाश्रय) का उप-निर्देशकको नाम पनि आएको थियो । जसलाई तीन वर्षको सजाय दिइएको थियो ।

उनले बालबालिकामाथि बालाश्रमका उपनिर्देशकमाथि लगाइएको यौन आरोप फिर्ता लिन दबाब दिएको आरोप लागेको थियो ।
यो प्रकणमा निर्देशकमाथि पनि ८ वर्षको जेल सजाय भएको छ ।


क्लिकमान्डु