त्रिवि मैदानमा सन्दीपको पक्षमा नारा, दुई जना नियन्त्रणमा



काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र क्यानाडाबीचको सिरिजको पहिलो खेल भइरहँदा दर्शकले सन्दीप लामिछानेको नाममा हुटिङ गरेका छन् ।

अदालतले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर बाहिर निकालेको छ ।

नेपालले ब्याटिङ गरिरहँदा दर्शकले नारा लगाएपछि केही क्षण खेल अवरुद्ध भएको थियो ।


क्लिकमान्डु